तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ केजरीवालले लिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । अरविन्द केजरीवालले आइतवार तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन् । निम्ता पाएर पनि केजरीवालको शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन् । केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ लिएका छन् ।

कांग्रेसकी शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिने केजरीवाल दोस्रो नेता हुन् । आम आदमी पार्टीले दिल्लीको विकासमा योगदान दिने ५० जनालाई समारोहमा विशेष अतिथिका रुपमा बोलाएको थियो । केजरीवालले शपथका क्रममा दिल्लीलाई अघि बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद चाहिने बताएका छन् । ११ फेब्रुअरीमा आएको अन्तिम नतिजामा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्दै दुईतिहाइ ल्याएको थियो । अर्कातिर भाजपालाई ८ सिट जितेको छ । पछिल्लो चुनावको अनुपातमा भाजपालाई ५ सिट फाइदा भएको छ । तर कांग्रेसले दिल्लीमा यो पटक सन् २०१५ मा जस्तै एक सिट पनि जित्न सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस