९ जनाको ज्यान जाने गरी हुक्का बारमा गोली चलाउने व्यक्ति आफ्नै घरमा मृत भेटिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाण्डौ । जर्मनीको हानाउ शहरमा गोली प्रहार गरिएका भनिएका संदिग्ध व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् । हानाउ शहरस्थित २ वटा बारभित्र र बाहिर गोली चलाएका भनिएका ती व्यक्ति आफ्नै घरमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा अर्को एक शव पनि फेला परेको प्रहरीको भनाइ छ ।

बुधबार २ वटा हुक्का बार शिशा लाउन्ज मा ती संदिग्धले गोली चलाउँदा ९ जनाको ज्यान गएको थियो । प्रहरीले संदिग्ध व्यक्तिबारे कुनै विवरण उपलब्ध गराएको छैन । साथै घटनामा अन्य व्यक्तिको संलग्नता भएको कुनै प्रमाण फेला नपरेको पनि बताइएको छ ।

मृत भेटिएका संदिग्ध व्यक्तिले बारमा गोली चलाउनुको कारण र उनको मृत्यु हुनुको कारणबारे पनि केही खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस