फाल्गुण ९, काठमाण्डौ । ‘कट, कपी, पेस्ट’ कमान्ड आविष्कार गरेर कम्प्युटर प्रणालीलाई नै सहज बनाउने ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं। कागजका पानामा कलमले लेख्ने चलन हराउँदैछ ।
लेखकहरू त मसीको जमानाबाट भर्च्युअल युगमा आइसके जहाँ अक्षरहरू कम्प्युटरको स्क्रिनमा दौडिरहन्छन् । किबोर्डमा औंला दौडाउँदै स्क्रिनमा अक्षर खिपाउने प्रविधिका धेरै फाईदा छन् । लेखिसकेका अक्षर यताको उता गर्न मिल्छ । काम लाग्ने वाक्यहरू यो फाइलबाट त्यो फाइलमा सार्न मिल्छ। कति चोर बुद्धि भएकालाई त यही नै गरिखाने मेलो भएको छ । अरूले लेखेका सामग्री ‘कट’ गर्यो, आफ्नो फाइलमा ‘पेस्ट’ गर्यो ।
लेखनमा सहजता ल्याउने यो विधिका जन्मदाता थिए ल्यारी टेस्लर। उनैले भित्र्याएका थिए ( ‘कट’, ‘कपी’ र ‘पेस्ट’ कमान्ड । सिंगो कम्युटिङ पद्धति नै सहज बनाउने यी कमान्डका जन्मदाता अब हामीसँग भने रहेनन् । ७४ वर्षको उमेरमा उनको निधन भएको छ ।