झडपमा दुईजनाको मृत्युपछि मेघालयमा कर्फ्यू तथा इन्टरनेटसेवा बन्द

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १८, काठमाण्डौ । भारतको मेघालयमा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शनको क्रममा झडप हुँदा दुईजनाको मृत्यु भएको छ । मेघालयको इस्ट खासी हिल्समा भएको प्रदर्शनको क्रममा झडप भएको हो ।

झडपमा दुईजनाको मृत्यु भएपछि अवस्था थप उग्र एवम् तनावग्रस्त बन्न नदिन भन्दै स्थानीय प्रशासनले शिलोङ्ग शहरमा कर्फ्यू लगाएको छ । यस्तै प्रशासनले इन्टरनेट सेवा पनि बन्द गरेको छ । शनिबार बिहान शिलोङ्गको बजार क्षेत्रमा खासी छात्र संघ (केएसयू) सदस्य र गैर–आदीवासी समूहबिच झडप भएको हो । सो झडपमा दुईजनाको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस