फाल्गुण १९, काठमाण्डौ । अबदेखि रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ ) भिसामा अमेरिका जान पाउने भएका छन् । अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका जानका लागि इच्छुकले आवदेश ‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको हो ।
अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो । युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ । यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसै गरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।