नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा भइरहेको तेस्रो आमनिर्वाचनले फेरि पनि बहुमतको सरकार गठन हुन नसक्ने चुनावी मतसर्वेक्षणले देखाएको हो ।

भ्रष्टाचारको आरोपमा अदालतमा सुनुवाई हुन लागेकै अवस्थामा प्रधानमन्त्री नेतान्याहूलाई संसद्मा बहुमत जुटाउन अन्य दलको समर्थन प्राप्त हुनेमा आशंका उत्पन्न भएको छ । सोमबार सम्पन्न चुनावमा लिकुड पार्टी र यसका कट्टर धार्मिक तथा राष्ट्रवादी गठबन्धनले ५९ स्थान जित्ने देखिएको छ । बहुमतका लागि सो गठबन्धनलाई दुई स्थानको कमी हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस