फाल्गुण २२, काठमाण्डौ । तालिबानी लडाकू समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ–सिर्कातमा रहेको सैनिक शिविरमा सो आतंककारी आक्रमण भएको प्रान्तीय परिषदका सदस्य फावजिया जवादले बताएका छन् ।
यद्यपी जवादका अनुसार मध्यरातबाट शुरु भएको यस आक्रमण र त्यसपछि भएको दोहोेरो झडपमा परी तालिबान समूहका कैयौँ सदस्य मारिएका छन् । कुन्दुज सहरकै पूर्वीभागमा पर्ने इलाकामा तालिबानी लडाकू समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चार जना स्थानीय प्रहरी मारिएका छन् । सो आक्रमण त्यसपछिको झडपका परी तालिबानी लडाकूका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।