फाल्गुण २३, काठमाण्डौ । यूक्रेनको प्रधानमन्त्रीमा देनिस स्मिगल चयन भएका छन् । ४४ वर्षीय देनिस यसअघि पश्चिमी इवानो–फ्रान्सेभसक क्षेत्रका प्रमुख क्षेत्रीय प्रशासक थिए । उनी चार महिना अघि मात्र उपप्रधानमन्त्री बनेका थिए ।
वर्तमान प्रधानमन्त्री ओलेक्सी होनचारूकले पदबाट राजीनामा दिएपछि उनी प्रधानमन्त्री बनेका हुन् । संसदमा भएको मतदानमा भाग लिएका २८१ सांसदमध्ये २७७ जनाले प्रधानमन्त्रीलाई हटाउने पक्षमा मतदान गरेका थिए भने ४० ले प्रधानमन्त्रीमा होनचारूकलाई नै निरन्तरता दिने पक्षमा मतदान गरेका थिए ।