फाल्गुण २६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमण स्थगित भएको छ । बंगलादेशले कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै शेख मुजीबुर रहमानको जयन्ती मनाउने समारोह रद्द गरेपछि मोदीको भ्रमण पनि स्थगित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आजतकका अनुसार प्रधानमन्त्री मोदी समारोहमा भाग लिन १७ मार्चमा ढाका जाने तयारीमा थिए । समारोहका अध्यक्ष कमल अब्दुल चौधरीले हसीना सरकारको निर्णय रद्द गर्ने घोषणा गरेका हुन्। तर, बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले कुनै सार्वजनिक सभाबिना समारोहको उद्घाटन गर्ने बताइएको छ ।