चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २८, बेइजिङ । शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मङ्गलबार बिहान ४,३० बजे जीवित उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् । भग्नाबशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।
लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । उक्त घटनामा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । होटेल भत्किँदा कम्तीमा ७१ जना भग्नाबशेषमा पुरिएका थिए । उद्धारकर्ताहरूले हराइरहेका अन्य नौ व्यक्तिको खोजी कार्यलाई जारी राखेका छन् । सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस