फाल्गुण २८, काठमाण्डौ । भारतको ओडिशामा मंगलबार होली उत्सवपछि स्नान गर्ने क्रममा अलग–अलग घटनामा १५ जनाको डुबेर मृत्यु भएको छ । कटकमा रहेका राज्य अग्निशमन विभागका डिप्टी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ शव भेटिएको पुष्टि गरेका बिबिसी हिन्दीले जनाएको छ ।