पाकिस्तानमा महिलामाथि हुने दमनको विरुद्ध मार्चपास !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौ । पाकिस्तानमा महिलामाथि निकै दमन हुने गर्दछ । र पनि उनीहरुले त्यहाँ मार्चपास गरेका छन् । पाकिस्तानका लाहोरसंगै थुप्रै अरु सहरमा उनीहरुले मार्चपास गरेका हुन् ।

उक्त मार्चपास विभिन्न चेतावनी, उत्पीडन र दवावबीच महिलाहरुले निकालेका हुन् । यतिसम्म कि उनीहरुलाई सामाजिक संजालमा पनि निकै पीडा दिइन्थ्यो ।

र्यालीमा उनीहरुले विभिन्न प्लेकार्डसमेत बोकेका थिए । उक्त अवसरमा मानवअधिकारका लागि लडेकी पाकिस्तानी अधिकारकर्मी स्वर्गीय आस्मा जेहांगिरको तस्वीरसमेत बोकिएको थियो ।

महिलाहरुले ‘मेरा जिस्म, मेरी मर्जी अर्थात् ‘मेरो शरीर मेरो रोजाइ’ भन्दै चिच्याएर नारा लगाएका थिए ।

२१ औं शताव्दीमा समेत महिलाहरुमाथि गरिने त्यो किसिमको व्यवहार र महिला बाहिर आउन नसक्नुलाई दुनियाँले निको मानेको छैन ।

सन् २०१९ मा महिला, शान्ति र सुरक्षाको सूचकांकमा पाकिस्तान १६७ देशमध्ये १६४ औं स्थानमा पर्छ । यमन, अफगानिस्तान र सिरियामा पनि यस्तै हालत छ ।

मोबाइल फोनमा पहुँच, आर्थिक समावेशीकरण र भेदभावपूर्ण मापदण्ड महिलालाई मात्र बनाइन्छ । एमनेष्टी इन्टरनेशनलका अनुसार पाकिस्तानी महिलाहरु शिक्षा, न्याय, स्वास्थ्य, राजनीतिक प्रतिनिधित्व र आर्थिक अवसरमा वञ्चित भएका छन् ।

तिनीहरु त्यहाँ निरन्तर हिंसात्मक चेतावनीबीच बाँचिरहेका छन् ।

त्यसैले त्यहाँ औरत मार्च गरिएको छ । जुन निकै महत्वपूर्ण पनि छ । यसैले पनि वल्ड इकोनोमिक फोरमको ग्लोबल जेन्डर ग्याप सूचकांकमा पाकिस्तानी महिलाहरु निकै पछाडि छन् ।

पाकिस्तान १५३ मध्ये १५१ स्थानमा रहेको छ । यो तथ्यांकले पनि देखाउँछ कि महिलाहरुको अवस्था कत्तिको दयनीय छ ।

ह्युमन राइट वाचले ‘महिला र बालिकामाथिको हिंसा अन्तर्गत बलात्कर, हत्या, एसिड प्रहार, घरेलु हिंसा र जवरजस्ती विवाह’ लाई पाकिस्तानको गम्भीर समस्या अन्तर्गत राखेको छ ।

झण्डै एक करोड २२ लाख केटीहरु पाकिस्तानमा छन् । जबकि केटाहरुको संख्या एक करोड ६ लाख छ ।

तर तिनै केटीहरुलाई विभिन्न बहानामा शिक्षबाट बन्चित गरिन्छ । र पनि उनीहरु आफूहरु साथी भएको र प्रतिस्पर्धी नभएको भनेर नारा घन्काइरहेका छन् ।

त्यो आवाजलाई अहिले पनि दमन गर्ने काम भइरहेको छ । तसर्थ पनि पाकिस्तानमा औरत मार्च केवल मार्च ८ को अन्तर्राष्ट्रिय महिला दिवसको दिनमात्र हैन हरेक दिन जरुरी रहेको छ । (एजेन्सीको सहयोगमा)

ताजा अपडेट

खोजी गर्नुहोस