फाल्गुण २९, काठमाण्डौ । पूर्वी चीनको फुजियान प्रान्तमा शनिबार क्वारेन्टाइनमा बसेको मानिस राखिएको होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ पुगेको छ । ८० जना बसेको उक्त होटल ५८ जनालाई क्वारेन्टाइन गरिएको थियो । उक्त होटलमा ७१ जना पाहुना थिए भने ९ जना त्यही काम गर्ने कर्मचारीहरु थिए ।
लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर बेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको बाइएको छ । उक्त होटलमा क्वारेन्टाइनमा राखिएका ५८ जनामै कोरोनाको संक्रमण नभएको पुष्टि भएको थियो । उनीहरुलाई कोरोनाको संक्रमण नभए पनि १४ दिनसम्म उक्त होटलमा बस्न आग्रह गरिएको थियो ।