पाकिस्तानका सिन्धीहरू अल्पसंख्यकको पक्षमा : उत्पीडनको मुद्दालाई उठाउन संयुक्त राष्ट्रमा प्रदर्शन !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाडौं । विश्व सिन्धी महासभाले पाकिस्तानको सिन्ध प्रान्तमा अल्पसंख्यकहरु, विशेष गरी हिन्दुहरुको उत्पीडनको मुद्दालाई उठाउन संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालय अगाडि हप्ता प्रदर्शन गरेका छन् । सिन्धीहरुको प्रदर्शनमा पश्तुन, काश्मिरी र बलोच राजनीतिक कार्यकर्ताहरु समेत सामेल थिए । उनीहरूले सिन्धी राजनीतिक कार्यकर्ताहरुलाई बेपत्ता पारिएकोमा चिन्ता व्यक्त गरेका थिए भने पाकिस्तानी सेनाको बिरूद्ध नाराबाजी गरेका थिए ।

ुपाकिस्तानी सेनाले हाम्रा नाबालिग हिन्दु महिलाहरूलाई अपहरण गर्ने र कट्टरपन्थीहरूलाई सहयोग गरिरहेको छ। विगत केही महिनादेखि अल्पसंख्यकहरू विरुद्धको उत्पीडन बृद्धि भएको छ,विश्व सिन्धी महासभाका सदस्य हिदायत भुट्टोले भने । हालैका वर्षहरूमा जबर्जस्ती अपहरण र मुसलमानहरूले हिन्दू महिलाहरुलाई धर्म परिवर्तन गरेको धेरै घटनाले पाकिस्तानको अल्पसंख्यक समुदायलाई जरैदेखि हल्लाएको छ भने उनीहरूले आफ्नो धर्म, संस्कृति र आस्था बचाउन न्यायको माग गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले पाकिस्तानलाई मानवअधिकारको दुरुपयोग गरेको भन्दै मेहक कुमारीप्रति न्यायको माग गरेका छन् । मेहकलाई जनवरी १५ मा सिन्ध प्रान्तको जाकोबाबाद जिल्लाबाट एक अधवैसैं व्यक्ति अली रजाले अपहरण गरेका थिए । ती अपहरित महिलाले ुआफूलाई इस्लाम स्वीकार गर्न बाध्य बनाइएकोु भन्ने अभिव्यक्ति अदालतमा दिएपछि इस्लामी कट्टरपन्थीहरु व्यापक आक्रोशित भएका थिए ।

केही पाकिस्तानी धर्मगुरुहरूले नाबालिग केटीको मृत्यु भएको हेर्न चाहेको जस्ता प्रतिक्रिया समेत दिएका थिए। त्यसपछि ती महिलाले अदालतमा आफ्नो अघिल्लो बयान फिर्ता लिदै आफूले स्वतन्त्र इच्छाले इस्लाम स्वीकारेको कुरा भनेकी थिइन् । इस्लामिक कट्टरपन्थीहरुले १४ बर्षे मेहकलाई धर्मत्यागको आरोप लगाउदै इस्लामको अपमान गरेको भन्दै मृत्युदण्ड सम्मको माग गरिरहेका छन्। यसैबीच फैसला सुनाउने अदालतले मेहक कुमारीलाई सिन्धको लरकाना जिल्लाकोस्थानीय दर(उल अमन महिला आश्रय गृहमा एघार दिनको लागि पठाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस