निर्भया बलात्कारका चारजना दोषीलाई भारतमा फाँसी ! यी नै हुन् फाँसी दिने पवन जल्लाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । भारतमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने थिए पवन जल्लाद । ५८ वर्षीय उनी फाँसी दिने परिवारमा जन्मिएका थिए । उनका बाबु, हजुबाबु र जिजुबाजे पनि फाँसी दिन्थे ।

निर्भया बलात्कारका दोषीलाई मुकेश सिंह, अक्षय ठाकुर, पवन गुप्ता र विनय शर्माले फाँसीको लिभर तानेर फाँसी दिएका थिए । पवन जल्लादले आफ्ना हजुरबाबु कल्लू जल्लादबाट फाँसी दिन सिकेका थिए । फाँसी दिएवापत् पवन जल्लादले २० हजार भारतीय रुपैयाँ पाउने जेल स्रोतलाई उदृत गर्दै इन्डिया टाइम्सले लेखेको छ । उनले यसअघि फाँसी दिएवापत् तीन हजार भारतीय रुपैयाँ पाउने गर्दथे । पवन जल्लाद भारतमा व्यवसायिक फाँसी दिने व्यक्तिका रुपमा परिचित छन् । फाँसी दिन पुगेका पवनलाई विशेष सुरक्षा दिइएको थियो । उनी मंगलबार नै मेरटबाट तिहार जेल पुगेका थिए । उनलाई जेलमा विशेष कक्षमा राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस