-एजेन्सी
बैशाख ३,काठमाडौँ । पाकिस्तानमा अल्पसंख्यक धार्मिक समूहका बालिकाहरुलाई जबरजस्ती विवाह गरि धर्म परिवर्तन गराउने क्रम कतै पनि रोकिने संकेत देखिएको छैन बरु बढेको बढ्यै छ। अल्पसंख्यक हिन्दु समुदायका बालिका एवं किशोरीहरुमाथि बलात्कार, अपहरण, जबरजस्ती विवाह लगायत धर्म परिवर्तनसम्मका घटनाहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन्। थोरुै मात्र सार्वजनिक हुने यस्ता घटनाभन्दा पर अझै धेरै यस्ता घटना हुने गरेको अल्पसंखयक हिन्दु समुदायका व्यक्तिहरु बताउँछन्।
पाकिस्तानमा अल्पसंख्यक धार्मिक समूहका बालिकाहरुलाई जबरजस्ती विवाह गरेर धर्म परिवर्तन गराउने क्रम बढेको पाकिस्तानको पत्रिका डनमा सुलेमा जाहांगिरले लेखेकी छिन्। यो क्रम बढ्दै जाँदा पाकिस्तानको सिन्ध प्रान्तमा रहेका अल्पसंख्यक हिन्दुहरुले आफुहरुलाई पाकिस्तानमा बस्न गाह्रो हुन थालेको बताएका छन्। पाकिस्तानका प्रम ईमरान खानले अल्पसंख्यकहरुको जिम्मा सरकारले लिन्छ भने पनि उनीहरु अफठ्यारो परिरहेको समुदायका अगुवाहरुले बताएका छन्।
धेरैजसो जबरजस्ती विवाह एवं धर्म परिवर्तन गराइनेमा किशोरीहरु रहेको बताईएको छ। सिन्ध सरकारले जबरजस्ती धर्म परिवर्तन र विवाहका लागि १८ बर्षको उमेर तोक्ने दुई पटक प्रयास गरिसकेको छ। सन् २०१६मा संसदले उक्त बिधेयक पास गरे पनि धार्मिक दलहरुले उमेरको कुरा मान्य नहुने भन्दै बिरोध गरेपछि गभर्नरले त्यसमा हस्ताक्षर नगरि तुहिएको थियो।
सन् २०१९मा पनि सिन्ध सरकारले एकपटक फेरि उक्त बिधेयक केहि संशोधन सहित पेश गरेको थियो तर फेरि धार्मिक समूहले बिरोध गरेको थियो। त्यस्को नेतृत्व धार्मिक गुरु एवं राजनीतिज्ञ पिर मियाँ अब्दुल खालिक९मियाँ मिठ्ठु०ले गरेका थिए। हिन्दु किशोरीहरु मुस्लिम युवकहरुसँग प्रेममा पर्छन र स्वेच्छाले धर्म परिवर्तन गर्छन भन्ने मिया मिठ्ठुको तर्क रहेको थियो।
एक बर्ष अगाडि करिब दुई हजार हिन्दुहरुले रिना र रविना नाम गरेका दुई किशोरीहरुलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाएर विवाह गरिएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। ईस्लामावादको अदालतले उनीहरुले स्वेच्छाले धर्म परिवर्तन गरेको फैसला गरेको थियो।
पाकिस्तानमा शक्तिशाली पुरुष वा समूहले किशोरीहरुसँग विवाह गर्ने र धर्म परिवर्तन गराउने क्रम बढेको छ। शक्तिशाली समूहको राजनीतिक लगायत कर्मचारीतन्त्रदेखि न्यायलयसम्म पहुँच हुने हुनाले उनीहरुको अपराध कहिल्यै सार्वजनिक हुँदैन।
केहि समय अघि मात्र १५ बर्षिया किशोरीको अपहरण भएको र उनलाई ईश्लाम धर्मावलम्बी बनाएर विवाह भएको सार्वजनिक भएपछि हिन्दु समुदायमा चिन्ता बढेको छ। बिगत केहि समयदेखि ५० भन्दा बढि किशोरीहरुको त्यसैगरि जवर्जस्ती विवाह भइसकेको छ। यो एउटा नियोजित षडयन्त्रको रुपमा हिन्दु समुदायले लिएको छ। पुरुषहरुलाई पलायन गर्न वाध्य पार्ने र महिलाहरुलाई जवर्जस्ती वाध्य बनाएर मुस्लिम समुदायका युवकहरुसँग विवाह गर्न लगाउने कार्य हिन्दुहरुलाई पाकिस्तानमा शून्यमा झार्ने सिलसिलेवार योजना अन्तर्गत भएको बताउँछन हिन्दु समुदायका अगुवाहरु।
हिन्दु समुदाय आक्रोशित र चिन्तित छ साथै असुरक्षित पनि रहेको छ । आफ्ना छोरी(चेली किशोर अवस्थामै विवाहमा बाधिने र धर्म परिवर्तन गर्न वाध्य पारिनाले उनीहरुको अस्तित्व खतरामा परेको भन्दै पाकिस्तानका प्रमलाई संसदमा उक्त कुरा उठाउन आव्हान गरेका छन्।
पाकिस्तानले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा धार्मिक अधिकार रहने, जबजस्ती धर्म परिवर्तन गराउन नपाउने लगायतका प्रावधान सहितमा हस्ताक्षर गरेपनि उक्त कुराको पालना नभईरहेको बताईएको छ। बिशेषगरि अल्पसंख्यक धार्मिक समूहका महिलाहरुप्रति पाकिस्तानको कानुन विभेदकारी रहेको छ।
एक पटक धर्म परिवर्तन गरेर विवाह भैसकेकी महिलालाई उसको परिवारसँग भेट्न दिइदैन। महिलाको परिवारलाई काफिर भनेर हेयको दृष्टीले हेरिन्छ। एकपटक महिलाले धर्म परिवर्तन गरिसकेपछि पुनस् धर्म परिवर्तन गर्नु असम्भवप्राय रहेको छ। पाकिस्तानमा अल्पसंख्यक धार्मिक समुदायको आत्मसम्मानका लागि पनि कानुनी रुपमा केहि सकरात्मक कदम चालिनु पर्ने अधिकारवादीहरु बताउँछन्। रीना र रविनाका माता पिताले आफ्ना छोरीहरुले किन श्रीमती र बच्चाहरु भएका पुरुष नै रोजे भन्ने जान्ने अधिकार रहेको तर उनीहरुले त्यस्को जवाफ पनि पाएका छैनन्।
सन् २०१३ देखि २०१९ सम्ममा मात्र १ सय ५६ वटा जबरजस्ती धर्म परिवर्तनका केश दर्ता भएका छन्। दर्ता नभएका र त्यसै हराएकाहरुको कुनै हिसाब नै छैन। १ सय ५६ मध्ये अधिकांश १२ बर्षका बालिकाहरुको धर्म परिवर्तन र विवाहको मुद्दा रहेको छ।
सिन्ध प्रान्तमा १८ बर्ष मुनिका महिलासँग विवाह गर्न नपाईने हुनाले अधिकांश पञ्जाब प्रान्तमा गएर विवाह गर्ने गरेका छन्। पाकिस्तानमा १६ बर्ष मुनिकासँग यौन सम्पर्क राख्नु बलात्कार बराबर मानिएको छ। बलात्कारमा मृत्युदण्ड वा १० बर्ष कैदसम्मको सजाय रहेको छ। तर पनि धार्मिक अल्पसंख्यकका बालिकाहरुले यो कानुन अनुसार पनि न्याय पाईरहेका छैनन्।
यसैगरि हालै भएको एक घटनामा कराँचीमा एक हिन्दु परिवारलाई जवर्जस्ती धर्म रुपान्तरण गर्न वाध्य पारिएको तथ्य सार्वजनिक भएको छ। स्थानिय हिन्दु परिवारका वसन्त कुदारले स्थानिय प्रहरीकहाँ उजुरी दिएको पत्र सार्वजनिक भएको छ। कराँचीको सफदर क्षेत्रमा रहेको शाह फैजल कोलोनीका माभिन कुमारको छोरा वसन्तले जवर्जस्ती धर्म परिवर्तनका लागि दवाव दिएकोमा उजुरी गरेका हुन्।
उनको उजुरीसँगै सार्वजनिक भएको भिडियोमा वसन्तले आफू र आमालाई केहि स्थानिय मोल्वीहरुले आक्रमण गरेको बताएका छन्। उनीहरुलाई ति मोल्वीहरुले हिन्दु धर्म त्याग गरि मुस्लिम धर्म अगाल्न दवाव दिएको वसन्तले बताएका छन्। उनलाई पाकिस्तानमा बस्न चाहने हो भने धर्म परिवर्तन गरि मुस्लिम धर्म अगाल्न अन्यथा परिवारका सबैलाई मार्ने धम्की मोल्वीहरुले दिएका थिए।