वैशाख ११, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोवासका लागि नयाँ अनुमति ग्रिनकार्ड दिने कार्य कम्तीमा दुई महिनासम्मका लागि स्थगित गरेका छन् । कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि अमेरिकामा स्थायी बसोवासका लागि दिइने ग्रिनकार्ड दुई महिनाका लागि स्थगित गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
आवश्यक परेमा त्यसलाई थप ३० दिन वा सोभन्दा बढी समय थप्न सकिने उनले बताएका छन् । यसअघि ट्रम्पले ट्विट गरेर आप्रवासीलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । ट्रम्पको नयाँ आदेश अमेरिकामा स्थायी रूपमा बसोवास गर्न चाहनेमाथि मात्र लागू हुनेछ ।