कोरोनाबाट बच्न रक्सी खाँदा सयौँको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १८, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाण्डौ । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा संख्या सात सयभन्दा बढीको मृत्यु भएको छ । रक्सी सेवन गर्दा कोविड संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो ।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरूले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । देशमा कोविड संक्रमण फैलिन थालेपछि उनीहरूले अत्यधिक मात्रामा रक्सी सेवन गरेका थिए । इरान कोविड संक्रमण फैलिएको हिसाबले खाडीकै सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा ५ हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको जानकारी दिए । विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस