भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २५, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख २५, काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ । उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् । विशेषगरी वृद्धि र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस