वैशख २८, काठमाण्डौ । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सो झडपमा दुवैतर्फका आधा दर्जन सैनिक घाइते भएको बताइएको छ । थप जानकारी आउन बाँकी रहेको छ ।