वैशाख २९, काठमाण्डौ । लामो समयको लकडाउनलाई खुकुलो बनाउँदै भारतले मंगलबारदेखि करिब एक दर्जन शहरमा रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । तर, यातायात सञ्चालनमा केही शर्तहरु राखिएका छन् । र, पहिलो चरणमा दिल्लीबाट तोकिएका निश्चित शहरमा मात्र रेल सञ्चालन गरिँदैछ ।
लकडाउनको ५० दिनपछि मंगलबारदेखि भारतमा रेल चल्न लागेको हो । त्यहाँको रेल मन्त्रालयका अनुसार मंगलबारदेखि १५ एसी कोच भएको रेल सञ्चालनमा आउन लागेका हुन् ।