जम्मु–कश्मीरमा आतंकवादी समूहसँग मुठभेड, सञ्चार सेवा बन्द !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ६, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ ।’

श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ । घना वस्ती रहेको श्रीनगरको क्षेत्रमा आतंकवादी लुकेर बसेको सूचना पाएपछि रातिदेखि सर्च अपरेसन चलाइएको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस