चैत्र १३, काठमाण्डौ । उत्तर कोरियाले फेरि दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकी र जापानले जापनी समुद्रतर्फ दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् । उक्त मिसाइललाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले खतरापूर्ण हतियार भन्दै परीक्षण र प्रक्षेपणमा प्रतिबन्ध लगाएको थियो । जापानले आफ्नो क्षेत्रको समुद्रमा भने नपरेको जानकारी दिएको छ ।
यसअघि एलो सीमा दुईवटा छोटो दूरीका नन ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । जापानी प्रधानमन्त्री यशोहिडे सुगाले बिहीबार यसले उत्तर कोरिया र क्षेत्रीय रुपमा नै सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएका छन् ।