बैशाख १,काठमाडौँ । भारतमा बुधबार कोरोना भाइरस (कोभिड–१९) का एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।