जापानमा कोरोनाको सङ्क्रमणबाट दश हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १४, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

वैशाख १४ काठमाडौं । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्याँकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ । यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो ।

यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु शहरहरु ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो । सो सङ्कटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कोरानाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ । –सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस