किर्गिस्तान–ताजिकिस्तान सीमामा पानीका विषयमा झडप, ३१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौ । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा ३१ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन् । पानीलाई लिएर शुरु भएको यो झडपपछि उक्त स्थानबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

यो झडप बुधबार त्यस्तो बेलामा शुरु भयो जतिबेला दुबै तर्फका मानिसले एक अर्का विरुद्ध ढुंगा हान्न थालेका थिए। दुई पक्षबीच भइरहेको झडपले हिंसात्मक रुप लिएको थियो । यसअघि पानीको एक स्रोतको आसपास सीसी क्यामेरा जडान गरिएको थियो । त्यसपछि दुबै पक्ष पछि हट्न सहमत भएका थिए तर पछि यो क्षेत्रबाट बीच बीचमा गोली चलेको आवाज आइरको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस