गाजामा कम्तीमा ३५ जना मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाण्डौ । इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् । गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।

इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो । सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थिति काबुबाहिर जाने हो कि अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस