जेठ १, काठमाण्डौ । इरानमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि २१० भन्दा बढी उम्मेदवारले आवेदन दिएका छन् । तीन दिनमा २११ जना व्यक्तिले राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेको इरानी अधिकारीले बताएका हुन् ।
यही जुन १८ गते हुने राष्ट्रपतीय निर्वाचनका लागि मंगलबारदेखि उम्मेदवार दर्ता गर्न थालिएको थियो । आवेदनका लागि पाँच दिन तोकिएको र तीन दिनमा २११ जनाले आवेदन दिएका छन् ।