इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ १०, सोमबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन् ।

स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस