चीनमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २१, शुक्रबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाण्डौ । चीनको गान्सु प्रान्तमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । गान्सु प्रान्तमा शुक्रबार बिहान कामदारहरु काम गरिरहेको क्षेत्रमा रेल दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको हो । उरुमकी शहरबाट हाङजाउ शहरतर्फ जाँदै गरेको रेल शुक्रबार बिहान स्थानीय समय ५ः२५ बजे रेल कामदारहरु काम गरिरहेको स्थानमा दुर्घटना भएको स्थानीय प्रहरी प्रवत्ताले बताएका छन् ।

मेडिकल र उद्धार टोली घटना स्थलमा खटाइएको अधिकारीहरुले बताएका छन् । सबै मृतक रेल कामदाहरु रहेको अधिकारीहरुले बताएका छन् । घटना हुनुको कारण पत्ता नलागेको र घटना बारे अनुसन्धन भइरहेको प्रहरी प्रवत्ताले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस