अफगानिस्तानको आक्रमणमा २५५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ४, काठमाडौ । अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ ।

अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।

तालिवानले रमजानपछि मात्रै २०० वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस