भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३९३ जनामा संक्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ ९, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३९३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १६औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस