आजको मौसम : आज कुन-कुन स्थानमा पानी पर्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ३, शुक्रबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौँ । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग हावाहुरीसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस