आजको मौसम : तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाण्डौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भू–भागमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस