अबको तीन दिन पानी पर्ने सम्भावना कम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २२, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र २२,काठमाडौँ । अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ । पानी परे पनि एकरदुई ठाउँमा मात्रै पर्ने सम्भावना रहेको उनले बताए ।

उहाँका अनुसार आज (बुधवार), भोलि (बिहीवार) र पर्सि (शुक्रवार) मौसम सामान्यतया सफा नै रहने अनुमान छ । बेलुकीपख बादल लागेका ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना भने रहेको उनले बताए ।

यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । दिउँसोपछिको समयमा खेतबारीमा काम गर्दा र घरबाहिर निस्कँदा सचेत हुने मौसमविद्को सुझाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस