नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २४, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस