विदेशमा मृत्यु भएका व्यक्तिको बीमा रकममा ठगी गरेको आरोपमा नासुसहित ७ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।

उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको खुलेको छ ।

त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस