छात्रालाई अश्लिल सामग्री देखाउने शिक्षकलाई १५ महिना कैद र १५ हजार जरिवाना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ चैत्र २७, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २७,काभ्रेपलाञ्चोक । छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका-३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद र १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ।

त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन् ।

बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो । २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस