बैतडी जिप दुर्घटनामा ६ जनाको मृत्यु, मृतक सबैको सनाखत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २९, बुधबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २९, कैलाली । बैतडीको पाटनमा गएराति भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।

प्रहरीका अनुसार मृतक सबै बझाङको केदारस्यू गाउँपालिकाका रहेका छन् ।

गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस