नेपालमा थप ५१ जनामा कोरोना संक्रमण : १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २६, मंगलबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

वैशाख २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस