मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धारमा अझै कठिन, कति जना छन् बेपत्ता ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २७, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाडौँ । यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन ।

उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा सोमबार पुर्‍याए पनि मृतकको शव पत्ता लगाउन सकिएको छैन ।

सशस्त्र प्रहरीको १०, नेपाल प्रहरीको ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेको तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस