सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, नयाँ भवन पनि नबनाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ ।

संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका छन् । सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने भएको छ ।

त्यसैगरी सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस