‘भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा पहिलोपटक स्पष्ट धारणा आयो’: प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २२, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताएका छन् ।

सोमवार आजको प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले दुई देशबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी अहिलेसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गरे ।

उनले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमा सम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए ।

उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको दाबी समेत गरे ।

प्रचण्डले भने, ‘सीमा सम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । यो विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसद्लाई जानकारी गराउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस