प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको निर्णय असंसदीय : राजेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौँ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले कुनै बेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निष्कर्ष गठबन्धनको रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस