समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा ९एकीकृत समाजवादी० का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस