‘मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको आवश्यकता हो’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस