कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा, मुख्यमन्त्रीको उम्मेदवार बन्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १६, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १६, विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

एमालेको सरकार ढलेपछि कांग्रेस–माओवादीलगायत गठबन्धन दलहरूको सरकार बनाउने सन्दर्भमा समर्थनका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।

आफूले समर्थन नगर्दा कोशीमा सरकार नै बन्न नसक्ने अवस्थामा सृजना भएको र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण पदबाट राजीनामा दिएको उनले बताएका छन् । गौतमलाई मुख्यमन्त्री बनाउने शर्तमा राजीनामा गराइएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस