‘सुन काण्डको अनुसन्धानमा उच्चस्तरीय समिति आवश्यक छैन’ : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २, कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍यँएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन्।

राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।

प्रेस सेन्टर नेपालले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइवीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरु पत्ता लाग्ने र उनीहरुलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस