शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई एसएसपीको सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ४, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस