बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन मानवअधिकार आयोगको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद् ८, काठमाण्डौँ । राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस